top of page
Search

गजल

उस्तै लाग्छ आसुँ हो कि झरी थाहा हुँदैन

मेरो जस्तै चोट उस्लाई नपरी थाहा हुँदैन

एकछाकले बच्चो बाँच्छ जान्दछिन् उनी

आमालाई नसोध नाना थरी थाहा हुँदैन


यता पनि ठिक्क पार्छौ ,उता पनि ठिक्क

नसम्झ मलाई हजुरको लैबरी थाहा हुँदैन


को कंस, को कृष्ण, छुट्याउन्नै पर्छ भने

जवानीमा सानो गल्ति नगरी थाहा हुँदैन


संघर्ष कस्तो हुन्छ बाटामा सुत्नेलाई सोध

कस्ले दिन्छ उस्लाई पेट भरी थाहा हुँदैन ॥



 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page