top of page
Search

गजल

क्या दुख्छ यार जतन गरेको दिल पनि हुरी-आँधीसगैँ हराएर गयो मन्जिल पनि भदौ मै आँख फुट्यो बिचरा हरियो देख्छ नै छुरा हान्नेलाई नै निर्दोष भन्छ वकिल पनि मैमत्ता विद्वान छचल्किएको विज्ञापन गेरे पछि अतिरन्जित पहाड बन्छ बबुरो एक्ले तिल पनि निर्धो बटुवालाई हिलो छ्यापेर सुग्गरी बन्नेहरु उनिहरुका निम्ति गीता-वेद नै हुन्छ अश्लील पनि ओडार पसेर गोयाबल्स प्रचारमा खुसी खोज्नेहरु क्या फिक्का छ भन्छन् समाजका महफिल पनि


 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page