top of page
Search

गजल

त्यो मनोहर स्थानमा माधुर्यको कहाँ सतह छ

सत्य! सखीको अधरमा सुधा सरह मधुर मह छ


हजुरको हर्षको बाली निमेषमै सखाप पार्दछ

छ यहाँ आफन्त रूपी विध्वंसकारी सलह छ


किन्तु मलाई भने चुर्लुम्म डुब्ने अभिलाषा छ

अवगत छ मेरो समीप प्रणयको गहिरो दह छ


प्रचण्ड ताप बोकेर हिँडेको तेजिलो घाम हुँ म

विन्ति नजिक नआऊ जल्न सक्छौ मेरो आग्रह छ


सिवाय अभाव केही पनि छैन् मेरो जिन्दगीमा

तर म कसलाई पो सुनाऊँ खोइ यो मनमा बह छ

 
 
 

Komentarze


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page