गजल
- शब्दास्त्र
- Sep 27, 2022
- 1 min read
मलाई कुनै कुराको पनि लत छैन
कसैले सम्झि राख्नु जरूरत छैन
जे छु ठिकै छु , पहिलाकै जस्तै छु
फर्केर हेर या नहेर कुनै आपत छैन
अरूलाई सुम्पिएरै समय सकिएछ
आफुलाई अलिकती बचत छैन
मन, आज मेरो भोली तिम्रो दुख्छ
देखाउनलाई बाहिर कुनै खत छैन।
डिल्लु चम्लागाईं ॥

Comments