top of page
Search

गजल

गजल: १


दगुर्न चाहन्छु’ ढिला पाइला सरारे के गर्नु

पार्नुछ साकार सपनाहरु मन मारेर के गर्नु।


धेरै इच्छा चाहना साँचेर मैले राखेको छु

खन्याई दिन्छु पारी रित्तो थुपारेर के गर्नु ।

उतार चढाव जीवनमा भैहाल्छ नि जस्कै

त्यति जानेसी आफुलाई खिन्न पारेर के गर्नु ।

सीप र कला पर्याप्त छैनन् होला ऐले

थोरै प्रयोग गरि अरु उभारेर के गर्नु ।

हार या जीत जिवनमा जेनै हुन सक्छ

नगरेर प्रयास मैले ‘ब्यर्थै’ हारेर के गर्नु ।

उसै त दुई-दिने जीवन त्यसै छोटो छ

आज होइन भोलि भन्दै टारेर के गर्नु ।

हुन्छन् धेरै मन नपर्ने कुरा र मान्छेहरु

लुक्दा, थुनीउँला, भित्ता मैले बारेर के गर्नु ।


गजल : २


टिप्न नसके अंगुरलाई अमिलो ठान्न नबिर्सिनु

मन नपरे आफ्नालाई बिरानो मान्न नबिर्सिनु


राम्रा हुन्छन् मान्छेहरु सहयोगी हात बढाउलान्

तिमी त्यस्तो छैनौ खुट्टा तान्न नबिर्सिनु


अशल खराब बुझछन्’ फूलहरुले पुज्ने गर्दछन्

तिमी मुर्ख होइनौ ढुंगा हान्न नबिर्सिनु

कुन सहि कुन गलत’ मार्ग सिकाउलान्

पटक्कै सिक्न नखोज्नु तिमी’ नजान्न नबिर्सिनु


गजल : ३


टुप्पाका पातहरुलाई के थाहा फेदका कुरा

पुस्तकमा थुनिएकाछन्, बुझ्यो कसले, वेदका कुरा


ठान्दिन, संस्कृति मेरो तुच्छ छ भनेर

बिना स्पष्टताको निर्धक्कता हो जातिभेदका कुरा

ल्याईदिएकोछ हो यसले फाटो एक आपसमा

टालिन्छन् पछि, सम्प्रदाय असम्प्रदाय, कुछेदका कुरा

अझै पनि पतन हाम्रो रोक्न सकिन्छ

स्वीकारेर हाम्रा अज्ञानता, गरे खेदका कुरा

 
 
 

Comentarios


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page