साथ
- शब्दास्त्र
- Oct 2, 2022
- 1 min read
तिमी बेचैन थियौ
छटपटी थियो तिमीभित्र
सही बाटो नदेखेर
सही बाटो देखाउने मान्छे नभेटेर
कुनै मोडमा जिन्दगीको
कुनै समयमा जिन्दगी
तिमीले निस्वार्थ दिल भएको
निस्चल मन भएको
भेट्टायौ एक मानव
अनि पछी लाग्यौ उसको
गन्तव्य देखाइमाग्नका लागी
गन्तव्य भेटाइदिनका लागी
साथ गज्जब थियो
साथ असल थियो
देखाउथ्यो उसले बाटो
देखाइदिन्थ्यो उसले गन्तव्य
लामो यात्रा जब नजिक आईपूग्यो
गन्यव्य जब आँखा अगाडी देखिन थाल्यो
तिम्रो मनमा इर्श्या जागेछ
लोभले डेरा जमाएछ
छोडिदियौ उसको साथ
अनि लड्यौ तिमी
धेरै तल !
पहिलेको भन्दा तल
खोइ ! अब कसरी पुग्लाउ र लक्षमा
खोइ कसरी भेट्टाउँछौ होला र त्यो गन्तव्य
Comentarios