top of page
Search

कविता

गरिबीको हस्ताक्षर

स्पष्ट / सहज छन्

किताबको शिर्षक जस्तै

झाडीहरुमा / खाडीहरुमा

बिना कुनै शृङ्गार बिना कुनै सुरक्षा

सुरक्षित भेटिन्छन्


चोरीदैन / खोसिदैन

किमार्थ कामको नभए जस्तै

गल्लिहरुमा फाकिएका छन्

मुल्यवान बस्तुले महत्त्वका बस्तु त्यागे झैँ

त्यागिएका छन्


रोपेको हो

बिरुवा उमार्न / अन्न फलाउन

अँ ह

सकेन उम्रन बिरुवा / सकेन फल्न

बत्तिको तापमा पुतली मरे झैँ

मरिरहेछ,

बिषालु फूलको सुन्दरतामा मौरी र भमराहरु डुले झैँ

डुलिरहेछ

गरिबीको हस्ताक्षरहरु


कलम काप्दै उदय भएको सुन्दर कोपिला

झुपडीमा छिरेका बाछिटालेहरुले

फ्रकन नदिए पछि


कापिले मुस्कुराउदै जन्माएको मुस्कान

विपन्नताले लुटे पछि

गहिरो पीडाबोधले फेरि

सिक्द‌ैछन्

मार्तोल र बेल्चालाई कलम बनाएर

पसिनाको भेलले

हस्ताक्षर गर्ने

चाउरीएको मरीचलाई जस्तै

इट्टा/र ढुङ्गा लाई

हत्केलामा खेलाउँदै

सम्झिन्छन् दुर्भाग्य र झार्छन् तप तप आँसु


सम्पन्नताले लुकाएको झैँ

लुकाउन परेन हस्ताक्षर

सम्पन्नता डराए झैँ

डराउन परेन

कहिले /र काहिँ

गरिबी


क्षितिज पारीको एक्लो जून जस्तै बनेर बाछिटा छिर्ने झुपडीको प्वालबाट हेरिरहेका छन् सुनौलो किरण

फक्रन नसकेको फूलहरु फुलाउने आशामा

बोकेर परिवर्तनको आक्रोश

एकान्तमा

असारे झरी जस्तै रोइरहेछ

गरिबीको अलपत्रे हस्ताक्षर।।

 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page