जब जोखिम मोलेर
किरिङ्मिरिङ अक्षर जुलुस गर्छन्
छातीमा एउटा जिउँदो सुनामी
कुदिरहेको हुन्छ
अनि
छालहरूको भयानक अङ्गालोमा
टोलाउँछ्न
एक जोर आँखा
डाँडा पारी डुब्न लागेको सुर्य
दाप भित्र यात्रा गर्दै गरेको
खुकुरी
एक आपसमा लुकामारी खेल्छन्
तर दुबै अन्जान छन्
युद्धभूमिमा अभिमन्युहरु
हतियार हातमा लिएर
हकार्छ्न पाजि समयलाई
अनि होमिन्छन् अग्निकुण्डमा
जसरी १९९० होमियो
त्यो बर्बरताको कालो इतिहास
आँखीझ्यालबाट नियाल्दै
घस्रन विवश छ
बबुरो कलम
अनि
खुकुरी उपहार
घोषणा गरेर
कुम्भकर्ण झैँ पल्टि मात्र रहयो
चुपचाप साहित्यको
बलात्कार गरेर
त्यो फुस्रो दिन
-केशव बैरागी माइलो
댓글