top of page
Search

चिहान

लाग्छ !! यो संसार एउटा मसान घाट हो

यहाँ हरेक मानव स्तम्भभित्र एउटा चिहान छ

जहाँ कोहि आफ्ना भावहरूलाई जलाउँदै

तड्पिएर मौन चित्कारमा आँसु पिइरहेछन्

कोहि अरुका भावनालाई निमोठ्दै जलाउँदै

भट्टि र बारहरूमा विजय उत्सव मनाइरहेछन्

त्यसैले त लाग्छ !


यो शहर एउटा मसानघाट हो

यहाँ हरेक मानव स्तम्भभित्र एउटा चिहान छ

प्रेमको फूल फुल्नुपर्ने हृदयमा

अक्सर सधैं द्वेषको धुवाँ पुत्पुताइरहेछ

आफ्नो विजयमा मुस्कुराइरहने ओठ

अरुको जयमा छट्पटिएर सुक्सुकाइरहेछ

त्यसैले त लाग्छ !



यो शहर एउटा मसानघाट हो

यहाँ हरेक मानव स्तम्भभित्र एउटा चिहान छ

फुल्नै नपाई रहरका कोपिलाहरू

आगो ओकल्छन् यहाँ हर-प्रहरमा

स्पर्शले नै पोल्छन् प्राणान्त गरिदिन्छन्

परागले नि राग छर्छ मिस्सिएर जहरमा

त्यसैले त लाग्छ यो शहर एउटा मसानघाट हो

यहाँ हरेक मानव स्तम्भभित्र एउटा चिहान छ ।

 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page