top of page
Search

झुसुले कीरा

Updated: Aug 12, 2022

त्यो सुन्दर पुतलीलाई

ऊ छुन चाहन्थ्यो

ऊ चुम्न चाहन्थ्यो

कुरूप हात पसाऱ्यो पुतली सामु

तर

सयौ सुकोमल सुन्दर फूलहरु

पुतलीको स्वागतर्थ मुस्कुराएका थिए

पुतली ति फूलहरुको परागपान गर्दै

उडी गयो टाडा टाडा

हेऱ्यो उस्ले पुतलीलाई निर्निमेष

ओझेल परुन्जेल

उफ!

अफसोच!

पुतलीलाई उस्ले ठम्याउन सकेन

त्यो उही पुतली थियो

एक समय उस्ले नाघेर हिड्ने

झुसुले कीरा।



 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page