तितिक्षा
- शब्दास्त्र
- Sep 10, 2022
- 1 min read
Updated: Sep 11, 2022
अँ अचेल लगाब
हुन थालेको छ तिमीसँग,
मेरो जीवनमा,
प्रतीक्षा हुन थालेको छ
तिम्रो आगमनको,
थोरै पनि बिलम्व सहन गर्ने
सामर्थ्य रहेन अब,
डुब्दैछु तिम्रो कल्पनामा,
हराउँदैछु तिम्रो अस्तित्वको खोजीमा
पल पल सदियौँ प्रतीत
हुन थालेका छन् अचेल,
व्यग्रतासँग प्रतीक्षा गर्दैछ यो मन,
तिम्रो साक्षात्कारको,
तिम्रो आँचलको,
तिम्रो बाहुपासको
अँ साँच्चै
व्यग्रता, अधीरता त छँदै छ
यो सुस्तरी बित्दै गरेको समयले
दिँदै गरेको भित्री पीडाले
कता कता आनन्द दिइरहेछ
सायद यो मनले बुझेछ क्यार
बिलम्वले नै सही
तिमीतिर निकट त हुँदैछु
थाहा छैन तिम्रो सामीप्य
मिल्छ या मिल्दैन
तर पनि,
किन किन, पूर्ण विश्वस्त छ यो मन
ढिलो नै सही
हाम्रो भेट पक्का हुनेछ
सकिनेछ मेरो प्रतीक्षा
मेटिनेछन् मेरा तृष्णा
पुरा हुनेछ मेरो तितीक्षा
How Is Shabda Astra?
It is good, I love it!
Needs Improvement!
コメント