[ यो लेख अन्त्य सम्म पढ्नु भयो सम्झनुस हजुर शब्द पारखी हो]
पृ्थ्वीको पश्चिमी गोलार्द्धमा अवस्थित उत्तर अमेरीका महादेशको विशाल भूखण्ड ओगटेर समस्त संसारमा
आफ्नो साम्राज्य र संप्रभुता खडा गरेको संयु्क्त राज्य अमेरिकाको पुर्वि तटमा यो लेख लेख्दै गर्दा दिउसोको
ठिक १२:०३ मिनेट भएको छ।संयुक्त राज्य अमेरिकाको उत्तर-पुर्वमा स्थित पेन्सिलभेनिया राज्यको
फिलादेलफिया शहरमा घाम मध्य आकाशमा खडा छ।सिरसिर चिसो बतास चलिरहेको
छ।रूखहरू,बोटबिरूवाहरू,पोथ्रा-पोथ्रीहरू र झार जंगलहरू प्राय नाँग्गै छन।ऋतु परिवर्तनको यो सन्धि समय
हो।केही दिन या हप्ता पछी यि सबै सबैले आफ्नो नग्नता छोप्नेनै छन।
यो लेख लेख्दै गर्दा पृथ्वीको उसपार उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र या भनौँ मिसाईल प्रहार गरेको समाचार
छ।र समचार यो पनि छ की कोरोनाको प्रकोपले सारा विश्व प्रताडित छ। चिनीँया भूमीबाट उदय भयो
भनिएको यो वैश्विक महामारी कोभिड-१९ को नामले सारा जग हल्लाईदिएको छ।मुख्यत:
चिन,ईटली,ईरान,स्पेन,संयुक्त राज्य अमेरिका,साउदी अरब र अरू थुप्रै देश कोरोनाको प्रकोपले थलिएको
अवस्थाम छन।र केही देश तंग्रिदै गरेको समाचार पनि छ।कोरोनाको प्रकोप या आतंक एकातिर छँदै
छ।अर्को तिर न्युज मिडिया र युट्युब च्यानलहरूको आतंकले मानिसहरूको मन मष्तिस्क थिल-थिलो
बनाईदिएका छन।कोरोनाको कहर हो या प्रकोप हो या त न्युज मिडीयाको निरन्तरको पट्यार लाग्दो ट्यार
ट्यारले हो अमेरिकी जनजीवन पनि केही हदसम्म हल्लिन पुगेको छ।रोड र बाटाघाटाहरू प्राय खुला
छन।अक्सर बहिर रमाउने अमेरिकीहरू घर भित्र रहेका छन।अमेरिकी अर्थव्यवस्था बिस्तारै ओरालो लागेको
छ।निकट भविष्यमा अमेरिकी ओरालो लागेको अर्थव्यवस्थाको असर बिश्वभर देखिनेमा दुई मत छैन।आशा
गरौँ सब ठिक हुने छ।
एकथोक लेख्छु भनेर बसेको म कहाँ समाचार लेखि रहेको। नलेखौँ पनि त कसरी समयनै कोरोना मय छ
त।समयको पेट बोली त बोल्नै पर्यो। खैर जे भए पनि यो ऐले देखिएको कोरोनाको कहरले मान्छेलाई
एकताको सुत्रमा बाँध्न केही हदसम्म काम गर्यो
।हर एक कुराको दुई विपरित ध्रुव हुने हु्न्छ। एक -: सकरात्मक
२-: नकरात्मक ।यस कोरोनाको पनि दुई पाटो हुने नै भयो । नकरात्मक पाटो त हजुरहरू सबैलाई विदितै
छ।आपसी कलह,झगडा,युद्ध र द्वन्द्वको स्थितीले फुटेको समाजलाई केही समयको लागी सही एकै ठाउँमा
उभ्याएको छ।सबभन्दा राम्रो पक्ष त यो छ कि म अजेय छु,म अमर छु।म कहिल्यै मर्दिन । समय पनि मेरो
अनुकुल छ भनेर सोच्ने मैमत्ताहरूलाई जीवन क्षणभंगुर छ भन्ने चेत दिएको छ। मृत्यु अकाट्य ध्रुव सत्य हो भन्ने
ज्ञान दिलाएको छ।जसरी जीवन सत्य हो ठिक त्यसरीनै मृत्यु पनि अर्को सत्य हो भन्ने बोध गराईदिएको छ।
गर्भ देखी घाटसम्मको दुरी लामो नरहेको सत्य उद्घाटित गरिदिएको छ।यो सत्य मान्छेले बोध गर्नु
सकरात्मक पाटो हो।
तर यस्तो बिषम परिस्थितिमा पनि मान्छेले खासै टेरेको देखिदैन। जुधेरै जाने एक किसिमको लिँडे मुर्खता
गरिरहेको छ।सतह हेरेको भरमा समुद्रको गहिराई नाप्न सहज पक्कै छैन।मान्छे हो नि ज्याद्रो छ। टेर्दैन।सतह
हेरेर गहिराईको नाप नाप्दै मख्ख परेको मान्छेमा यो प्रतिउत्पादक सोच किन छ त? किन पेलेरै जाने सोच
राख्दछ ।यसको केवल एउटै कारण छ।त्यो हो मन।थाहा नै त होला नि मनको बारेमा हजुरहरूलाई ? ..... ह्या
मुला किन नजान्नु छिमेकी मनबहादुर दाईलाई भन्नुहोला ।औॅंसी र पुर्णिमामा यसो झुल्किन्छन्। सारै घर
बस्दैनन् ।चन्चल छन एक ठाउॅं टिकेको खासै देखिन्न।त्यसो सोच्नु भयो भने चैं हजुर गलत हुनुहुन्छ है त।मैले त
मान्छे भित्र रहने मनको कुरा गरेको हुॅं। मनले नै हो यो सब गराएको।मन बडो चन्चल हुन्छ।अधैर्य पनि।पलक
भरमा सिन चेन्ज गर्ने सामर्थ्य राख्दछ।यो मान्छेको अन्तस्करणमा रहने सिन चेन्जर मेसीन हो।
मन एक संकल्प र त्यसको बिकल्प गर्ने गराउने वृत्ति हो।
मन कति धेरै चन्चल हुन्छ भन्ने कुरो “यथार्थ गीता”-को एउटा
श्लोकबाट हैरौॅं है त।जहाॅं अर्जुन भन्दै छन:-
“चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम्।तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्।।”६/३४
[ स्वामी अडगडानन्द बिरचित भाष्य यथार्थ गीता पेज १४५ अध्याय ६ श्लोक ३४]- बाट जस्ताको त्यस्तै
साभारित अर्थ:-
“हे कृष्ण यो मन बडो हि चन्चल छ। प्रमथन स्वभाववला छ ( प्रमथन अर्थात अर्कालाई मथिदिने)हठी
छ,बलवान छ। यसैले यस्लाई वशमा गर्नु म वायुको समान अतिदुष्कर मान्दछु ।आंधीको हवा र यस्लाई रोक्नु
बराबर हो।”
माथीको श्लोकले बताए अनुसार मनको गति रोक्न सामर्थ्य नहुने प्रष्ट छ। त्यसैलै यो बिकराल स्थितीमा पनि
मान्छे मनको दाश भएर आफ्नै दोहन गर्न अग्रसर छ।
कुरा गर्दै जाँदा माथी केही कुरा उल्लेखित भए।याद गर्नु भयो/भएन,थहा हुन सकेन। सकेन भने ठिकै
छ।मानविय पन हो। सबै कुरा थहा हुन्छ या याद रहन्छ भन्ने हुन्न।मान्छे भित्र मन हुन्छ। बडो चन्चल र अधैर्य।यो
पडि रहँदा पनि मन चन्चल भएर दश दिशा दौडिएको हुन पर्छ। या लेख लामो रहेछ कहिले पडि सिद्याउँ भनेर
अधैर्य भएको हुन पर्छ।हुनु स्वभाविक हो।हुनु पनि पर्छ।त्रीगुणमयी जीवको यो एउटा लक्षण हो।
अगीनै भने मन बडो अधैर्य हुने हुँदा हजुरहरूको मन अधिर भै सक्यो होला के कुरा रहेछ माथी उल्लेख भएको
भनेर।मन जिज्ञासु भयो र जान्नको लागी अधैर्य हुनु सुखद पक्ष हो।र अधिर भएर कुर्न नसक्नु दुखद पक्ष
हो।मन्छेमा पन्च कर्मेन्द्रिय र पन्च ज्ञानेंद्रिय गरि कुल दश ईन्द्रिय हुने गर्छ। यि दशको अलवा दुई रसेन्द्र्यि [
जनेन्द्रिय ] मल-मुत्र विसर्जन गर्ने अंग गरि बाह्र [ १२ ] ईन्द्रिय हुने गर्छ। यसमा अझ तीन कुरा मन,बुद्धी र
अहंकार जोडिएर आउँछ ।कतै कतै बुद्धी संगै प्राज्ञ जोडिएर आउने गर्छ।यसमा ऐले नै नफसौँ।कहाँबाट
कहाँ पुग्यो भन्नु होला।कहीँ पुगेको छैन।म हजुरहरूसैग यात्रामा छु।यात्र गर्ने क्रममा सँधै सिधा बाटो हिँड्नु
श्रेयस्कर नहुन सक्छ।यसै कुरालाई मनन गर्दै हजुरहरूलाई थोरै बाहिर लगेको हुँ।ताकी बुझाउन खोजेको
कुरोले सार्थकता पावोस।
किन र के कारण यो मन,बुद्धी र अहंकार अनि यि ईन्द्रिय-ज्ञानेन्द्रियको कुरो उठ्यो भनेर उदेक र पट्यार
लाग्यो सयाद।थहा छ यि समस्त ईन्द्रियको संगठन नै एउटा पुर्ण मान्छे हो।मान्छेका यि बाह्रै ईन्द्रियको सोझो
समपर्क मन संग हुने हुन्छ।मनले जसो जसो भन्छ ईन्द्रिय र जनेन्द्रियले उसै उसै गर्छन् ।धेरै कुराउनु उचित
नहोला।रेडी हुनुहुन्छ भने आउनुस माथी उल्लेखित कुराहरूको बिचार गरौँ ।
कोरोनाको यस बिकराल कहरबाट जीवन र मृत्युको दुरी साँघुरियो।साँघुरिएन नभन्नु होला।त्यस्तो लागेमा
छाती छँदै छ।छातीमा दाहिने हात राखेर आँफैलाई सोध्नोस त ।अरूलाई ढाँटे पनि आँफैलाई त पक्कै ढाँट्नु
हुन्न होला।
यि सब कुरा यसै आएको भने छैन। यि सबै एकआपसमा जोडिएका छन। कसरि भन्नु
होला।पर्खनुस।पर्खाईको फल सदैव मिठै हुन्छ। दश ईन्द्रियको नाईके मन हो।मन चन्चल र अधैर्य रहन्छ।र यो
चन्चल मनलाई बुद्धीले नियन्त्रण गर्ने गर्दछ। बुद्धीको दुई भेद हुन्छ।लौकिक र परालौकिक।परालौकिकमा
नछिरौँ।किन ? किनकी यो यात्रा बडो अगम छ ।बडो दुष्कर छ।तर लौकिक बुद्धी चैँ दुई किसिमका हुने गर्छन
सुबुद्धि र कुबुद्धी।
हजुरहरको कुन बुद्धी छ बिचार्दै गर्नुहोस।हामी चै अगाडी बढौँ है त।अगाडी बड्नेनै लक्ष्यमा पुग्दछ।स्मरण
रहोस यो बुद्धी स्त्रीलिंगी शब्द हो।खैर यो स्त्रीलिंगी र पुलिँगीमा नअल्झौँ। सरासर अगी बडौँ।अँ बुद्धीको
कुरो हुँदै थियो।मन न हो कहाँको कहाँ पुग्छ पलभरमै। देखीहाल्नु भयो नि।
म के कुरा गर्दै थिएँ ........ ए अँ बुद्धीको सृजन अहंकारबाट हुने हुन्छ। त्यै भएर त बुद्धी दुई घ्रुवमा विभक्त
भए।मन, बुद्धी र अहंकार यि तीनको घर्षणबाटनै एउटा अब्जेक्टको सृजन सम्भव छ।अब यहाँ आएर प्रश्न
उठ्न या उठाउनु पर्ने हुन्छ ।उठेन भने लेख पडेको केका लागी? जिज्ञासु हुनु नै एउटा सज्जन व्याक्तीको राम्रो
लक्षण हो।समस्त ईन्द्रियहरूको नाईके मन हो।मन बुद्धीको नियन्त्रणमा रहन्छ।र बुद्धीको सृजन
अहंकारबाट हुन्छ।उसो भए अहंकारको उपस्थिती ? बडो बिचित्र छ है। सोच्दा पनि अचम्म लाग्ने।उदेक
लाग्ने।एकछिन गम्दै रहनुस।सत्य,मृत्यु र समय।मन, बुद्धी र
अहंकार ..हैट
अलिक माथी बिचमा एक ठाउँ त्रीगुण शब्द प्रयोगमा आएको थियो।लेख पडी सिद्धयाउने धुनमा के आयो
के आएन कस्ले ख्याल गरोस। मलाई बाल....कि कसो?पडीरहँदा मनमा होईन मुहारमा मन्द मुस्कान आयो
होला।आयो भने हाँस्नुहोस।मज्जाले हाँस्नुहोस।हाँस्न बिर्सिरहेको समयमा एक हाँसोको महत्व अवस्य
रहन्छ।थहा छ हाँसो आत्माको संगीत हो।आत्माको झंकार हो।हाँसो नै लाग्छ भन्ने के छ र .... रिस पनि त
उठेको हुँदो हो।दिनैपिच्छेको धपेडीमा दगुर्दा दगुर्दा थाकेको जिर्ण शरिर लिएर अस्वस्थ समयमा बिना
सित्तीको गन्थन पड्नु पर्दा ।तर रिसको झोँक उठ्यो भने पनि रिसलाई शान्त गर्नुहोस है।रिस त आगो हो।
अरूलाई भन्दा पहिला स्वयंलाई भस्म गराईदिन्छ।रिसलाई क्रोध पनि भनिन्छ।तलको श्लोकले अझ प्रष्ट
प्रष्टिकरण दिन्छ। नजर लगाउन त है:-
“क्रोधात्भवति सम्मोहः सम्मोहात् स्मृतिविभ्रमः ।
स्मितिभ्रंशात् बुध्दिनाशः बुध्दिनाशात् प्रणश्यति “॥ गीता २-६३
अर्थात
क्रोधले मोह उत्पन्न गराउँदछ,मोह एक विकार हो।विकारले स्मृतीमा भ्रम उत्पन्न गर्दछ।भ्रम मायाको दुष्कृत रूप
हो।जसै मनमा भ्रमको सृजना हुन्छ बुद्धी नाश हुन तत्काल सुरू हुन्छ।संशय,शंका र भ्रमले जकडीएर बुद्धीको
नाश भएसी ब्याक्ती समाजबाट च्युत हुन्छ।
अर्थ तीन किसिमका हुने गर्छन।यो त सामन्य अर्थ हो ।चहानुहुन्छ भने तपाई सक्नु हुन्छ सामन्य अर्थ बाट माथी
उठेर भावर्थ खोज्न।म त भन्छु भवर्थमा नअल्झिनुहोल।गुणार्थ खोज्न लाग्नुहोस। गुणार्थमा नै त छ रहस्य।
धर्तीको कुरा गर्दा गर्दै म त त अकाशमा पो बिचरण गर्दै रहेछु।हैट आग्राको कुरा गर्दा गर्दै गाग्राको कुरोमा
फसेर हजुरको समय खेर फाल्दिरा के... । मान्छे हुँ हजुरहरू जस्तै। ममा पनि मन छ हिँडी जान्छ खोई खोई बा म
अघी जाउँ भन्दै।आउँ समय छ भने पुन:बिषयमा प्रवेश गरौँ ।हामी कुरा गर्दैँ थियौँ अहंकारको। दिमागमा
ठ्याक्क हिट भयो होला।सम्झाई दिएको के। लामो गन्थनमा भुलिन्छ।अँ अहंकारको उत्पत्ति कसैले गरेको
होईन । यो त स्व-निर्मित अथवा स्व-बिकसित हुन्छ।
अहंकार र बुद्धीलाई यहाॅंबाट उता नबोकौॅं।बोक्न फायदा छैन। दिमाग चाट्छ। दिमाग नचाटेकै वेश। कि
कसो? मान्छेलाई जे नगर्नु भनेर निषेधित गरिएको हुन्छ उस्लाई त्यही गर्नु पर्ने हुटहुटी चल्छ।नगर्दा त उस्को
मन मान्दै मान्दैन। मन मान्नलाई पनि लाग्नु पर्ने त मन नै हो।मनले नमाने पछी शरिरले
टाउको बोकेर भूईमा
ठमठम हिॅंड्छ।हातले आगो नै हो भने पनि छुन्छ। जिब्रोले केल्सियम साईनाईड पनि चाख्छ।बाणीले कटुता
ओकल्दछ।एवंरितले मनले मान्छेलाई उचाल्छ र टाउकोमा चडाउॅंछ।मन एक निमेषमा दश तिर कुद्छ र
मान्छेलाई आफ्नो पकडमा राखी रहन्छ।
कोरोना कहरको सूरुवाती चरणमा सुरू गरिएको यो मुले लेख बिसर्जन गर्दै गर्दा कोरोनाको क्षती उग्र रूपले
बढेको छ।मान्छेलाई जस्तो यो कोरोना र मनलाई आउन जान भिसा नपर्दो रहेछ।मनलाग्दी हिॅंडेको छ।आफै
आउदैन।लिन गयो भने नाई म तपाईकोमा जान्न पनि भन्दैन।लवस्तरो ज्वाॅई जस्तो टासीहाल्छ।त्यसैलै
मनलाई केही दिनकोलागी लगाम लगाउनुस।उच्छट हुन नदिनोस।थहा छ मनलाई कावुमा राख्न दुष्कर छ।
तर असम्भव भने छैन। यसलाई निरन्तरको अभ्यासबाट केही हदसम्म रोक्न भने सकिन्छ। मनलाई निरन्तरको
अभ्यास र वैराग्यको चरम सिमामा लान सकिऐमा मन स्थिर हुने ब्यहोरा बताईएको निम्म लिखित श्लोकलाई
हेर्नोस:-
“असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते “॥यथार्थ
गीता ६/३५
मर्ने हरूको थुप्रोमा हजुलाई पर्नु पक्कै छैन।त्यसो हो भने मनलाई दमन गरौॅ हैत। नत्र बेलगाम छाड्दिनोस।
ल त अब चैं भयो पनि।
यो रस रहित शब्दको थुप्रोमा माथी उल्लेख भएको भनिएको कुरो खोज्न थाल्नु भयो भने हजुरको प्राण पखेरू
उडेर जाला तर भेट्नु हुन्न। कलात्मकता रहित
यस्तो बकम्फुसे शब्दहरूको ढिस्को उठाएर बढाएर लानु भन्दा
अन्त्य गर्नु श्रेयस्कर रहन्छ।जसबाट तपाईको र मेरो हामी दुबैको समयको बचत हुन्छ।
त्यसैले आ गर्दा अलंकार बुझ्नु पर्छ। नत्र भड्खालोमा पर्नुहुन्छ।
हे नारान ! के पढीयो हैट ........
अस्तु।
Commentaires