top of page
Search

बिचरा “म"

जीवनमा अरुबाट धेरै धोका खाएर होला

म आफैलाई बिश्वास गर्न थालेको छु।

म आफैलाई मन पराउन थालेको छु

म जस्तो छु त्यस्तै रमाउन थालेको छु

सारा मुकुड़हरु खोलेर हिड्न थालेको छु

म “म" नै भएर बाच्न थालेको छु


अरुले दिएको चड्कन खाएर होला

पाहिला पाहिलामा घात खाएर होला

उ, उनी, तिनी र फलानो संग अघाएको छु

विश्वास सब्द्को अर्थ खोज्न थालेको छु

आफन्त सब्द्को अर्थ खोज्न थालेको छु

साच्चै हितेसी मान्छे खोज्न थालेको छु

आफ्नै मान्छेमा “विश्वास” खोज्न थालेको छु

अ त् ! आजकल ………!

म विश्वासमा “आफ्नो मान्छे" खोज्न थालेको छु

हो ! आजकल आफैलाई बिश्वास गर्न थालेको छु

सारा मुकुड़हरु खोलेर हिड्न थालेको छु

जीवनलाई नजिकबाट झाक्न थालेको छु

म “म" नै भएर बाच्न थालेको छु


पद, पावर, पोजेसन र पैसाको लागी

गिर्नेहरुको तात लाग्नेहरुले गर्दा होला

यी सबैलाई घृणा गर्न थालेको छु

उ, उनी, तिनी र फलानो देखी तर्सेको छु

यिनीहरुलाई देखेर आफुलाई सुधारेको छु

जीवन सब्दमा होइन जीवन जस्तै जिएको छु

हितेसी आफन्तहरु खोज्न थालेको छु

भरसक आफैमा रमाउन थालेको छु

आफैलाई बिश्वास गर्न थालेको छु

सारा मुकुडहरु खोलेर जिउन थालेको छु

म “म" जस्तै भएर जिउन थालेको छु

म “म" नै भएर जिउन थालेको छु।




 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page