आफ्नै आँखा अघि
अघि भर्खरै घटेको छ -एउटा प्रेमिल दुर्घटना
जस्मा उज्यालोलाई भगाइरहेको साँझले
बोल्दैन तिम्रो सुन्दरताको भाषा
किनकि उ सँग -बत्तिहरुको बस्ती छ
जब तिमीले उपनाममा फूल दिएथ्यौं
मैले प्रतिकार गरेर भनेकी थिए -म आधी हुँ
जहाँ मर्दैनन् यात्राका थकानहरु
थाक्दैन्न आवाजका आयमहरु
तर- जब भत्काउन थाल्छन्
तिम्रा बनाईएका / बाँधिएका कठघराहरु,
कुनैबेला असह्य भएका पिडाका अनुभुतीहरुले
लाग्छ -यो भन्दा स्वर्णिम संसार अरु कहिँ छैन
यो भन्दा सुन्दर समय अरु कतै भेटिन्न
जस्तो
वसन्तको रङ्ग झैँ यात्रामा निस्किएका पैतलाले
सायदै डोर्याउछन फिक्का अनुहारहरु
हृदयमा गरेर प्रहार -चेतनाको बिगुलले
नसक्दो रहेछ स्वतन्त्रताको पुस्तक थमाउन
भएर आलस्य उत्सवबिनाको उपहारले
किनकि मुक्ति भनेको मौनता होइन रहेछ !
Comments