top of page
Writer's pictureशब्दास्त्र

महाभारत: रेपिड फायर राउण्ड

यक्ष र युद्धिष्ठिर बिचको यो संवाद महाभारतको वनपर्वबाट लिएको हो।


उठान:-

बाह्र वर्ष वनवासको अन्तिम क्षण।अज्ञातवास जानु पुर्वको समय।वनमा पाॅंच पाण्डव आखेटको लागी निस्कन्छन।केही समय पश्चात मृगललाई लघार्दछन।मृगको प्रकृत्ती प्रदत्त दौडने क्षमताको अघी पाण्डव लाचार पर्दछन।क्षत्रिय कूलमा जन्मिएको र योद्धा हुनुको अभिमानले पाण्डवलाई कुनै प्रकारको पनि हार या भनौॅं पराजय स्विकार्य हुॅंदैन।यही अहंमले पाण्डवलाई मृगको पछी दौडाई रहन्छ।शारिरमा शक्ति क्षिण नहुन्जेल सम्म पाण्डव मृगको पछी लागेर वनको एक सुर देखी अर्को सुर सम्म आईपुग्छन।आखेट हात लाग्दैन।मृगको दिन बलियो ठहर्छ।


आखेट हात नलागेपछी खुईय्या सुस्केरा तान्छन र नजिकको रूखको शितलमा बस्दछन।लामो समय सम्म अविराम मृगको पछी दौडिएकाले सबैलाई प्यास लागेको हुन्छ।शरिर शिथिल र क्लान्त हुन्छ।प्यासको प्रकोप अत्यन्त प्रचण्ड भए पछी पाण्डव मध्ये जेष्ठ युद्धिष्ठिरले भाई नकुललाई पानीको खोजमा पठाउॅंदछन।


करिब एक कोष टाढा जलाशय भेटिन्छ।प्यासको प्रकोप सहन गर्न नसकेको अवस्थामा नकुल सरासर सरोवर छेउ जान्छन र हातको सहराले पानी पिउन तत्पर हुन्छन।यत्तिकैमा कसैले पानी उस्को भएको र पानी नपिउन आवाज दिन्छ।बलशाली नकुलले आवाजलाई बेवस्ता गर्दछन र पानी पिउॅंदछन।पानीमा बिष मिसाईएकोले तत्क्षण नकुल मरणको प्राप्त गर्दछन।


यता युद्धिष्ठिरले नकुल पानीको खोजमा गएको र लामो समय सम्म नफर्किए पछी भाई सहदेवलाई भाईको खोजमा पठाउॅंछन।केही समय पछी सहदेव उक्त सरोवर छेउ पुग्दछन।नकुललाई मृत देखे पछी क्रोधमा आउदछन।अत्यन्त तिर्खाएको कारण पानी पिएर मात्र नकुलको अपराधीलाई कार्वाही गर्ने मनशाय बनाॅंदछन।पानी पिउनु पुर्व उही आवाज आउॅंछ र चेतवानी दिन्छ।क्रोध र प्यासले ब्याकुल भएका सहदेवले आवाजलाई ध्यान दिदैनन्।उन्को पनि तत्क्षण मृत्यु हुन्छ।


नकुल र सहदेवको कुनै पनि खबर नआए पछी युद्धिष्ठिरले गाण्डिवधारी अर्जुलाई र महाबली भीमकाय शरिर भएका गदाधारी भीमलाई क्रमश:भाईद्वयको खोजी गर्न अह्राउॅंछन।अहंकार र बलको उन्मत्तताले भिमार्जुनले पनि ज्यान गुमाउदछन।युद्धिष्ठिरलाई शंका,सन्देह र कौतुहलताले एकै पटक घेर्दछ।लड्खडाउदै युद्धिष्ठिर पनि भईहरूको खोजमा लाग्छन। केही समय पश्चात सुन्दर सरोवरमा आईपुग्छन।जहाॅं आफ्ना शुरविर महाप्रतापी भाईहरू जमिनमा निश्प्राण देख्दछन।युद्धिष्ठिरले विकरारल स्थितीको सामना गर्दछन ।


युद्ध जस्तो स्थितीमा पनि धिर रहन सक्ने युद्धिष्ठिरले संयमता अप्नाउछन।आंफ्नो मनको वेग र क्रोधको वेगलाई धैर्यताले बाॅंधेपछी उन्लाई प्यास लागेको अनुभव हुन्छ।जसै युद्धिष्ठिर पानी पिउन लाग्छन,आवाज आउंछ।युद्धिष्ठिर चॅंख्ख चतुरो रहन्छन।जुरूक्क उठ्छन।चारै दिशा हेर्दछन ।कतै कोही नदेखे पछी पुन: पानी पिउने गृहकार्यमा लाग्दछन। पुन: आवाज आउॅंछ र पानी नपिउन चेताउॅंछ।


यक्ष/युद्धिष्ठिर भेट:-

————————————————————————

युद्धिष्ठिरले चारै दिशा नजर दौडाउछन।कतै केही नदेखे पछी पुन: एक पटक पानी पिउने उद्योग गर्दछन।पुन: आवाज आउॅंदछ र पानि नपिउन कडा चेतवानी दिन्छ।ए अचम्म ! युद्धिष्ठिर अचम्मित हुन्छन।केही छिन स्तम्भित अवस्थामा रही पानी त कसैको निजी नहुने र प्रकृतीमा उपस्थित हरप्राणीको पानीमा समान अधिकार रहने शास्त्रोक्ति सम्झिनछन्।

विनम्र र शालिन युधिष्ठिरले सविनम्र पानी प्रती कसै एकको अधिकार नरहने शास्त्र सम्मत मत प्रस्तुत गर्दछन।पानी प्रती कसै एकको अधिकार नहुने सत्य स्विकार्दै आंफूलाई पानी पिउन दिन युद्धिष्ठिरले आग्रह गर्दछन।


हो म मान्दछु पानी प्रती कसैको अधिकार हुॅंदैन,आवाज आउॅंछ।किन्तु यो सरोवर मेरो अधिकार क्षेत्रमा रहेको हुनाले मेरो प्रश्नको उत्तर वेगर कसैलाई पनि पानी पिउने छुट छैन।यस अघी चार जना युवाले मेरो आज्ञाको अवज्ञा गरेकाले मृत्यु प्राप्त गरिसकेका छन।प्रश्नको उत्तर छ भने पानी पिउन सक्नु होला।नत्र मृत्युकोलागी तयार रहन धम्किपुर्ण आवाज आउॅंछ।


युद्धिष्ठिरले आवाज आएको दिशामा हेर्दछन।र आंफू जस्तो सुकै परिक्षाको लागी तयार रहेको जनाउ दिन्छन।तर प्रश्नको उत्तर पुर्व आंफू को संग प्रश्नोतर गर्दैछु सो जान्न पाउने अधिकारको सुनिश्चित हुनु पर्ने अडान युद्धिष्ठिरले राख्दछन।


म यक्ष हुॅं आवाज आउॅंछ।

————————————————————————

यक्षले युद्धिष्ठिरलाई केही थान दर्शन सम्बन्धि प्रश्न गर्दछ।यो ऐतिहासीक प्रश्नोत्तरको आडमा नै युद्धिष्ठिर धर्मराज कहलिएका हुन।आधुनिक जमनामा रेपिड फायर कोईस्टन-एन्सरको अवधाराणमा उक्त प्रश्नोत्तर भएको थियो।फरक यत्ति थियो ।आधुनिक जमनामा झैं कसैलाई गिराउने चलखेल उसबेला थिएन।


प्रस्तुत छ यक्ष- युद्धिष्ठिर संवादको जीवनोपयोगी प्रश्न र उत्तर।जुन यक्ष-युद्धिष्ठिर संवादको नामले लोक प्रशिद्ध छ।


यक्ष र युधिष्ठिरबीचको संवाद-

————————————————————————

यक्ष– जीवनको उद्देश्य के हो ?

युधिष्ठिर – जीवनको उद्देश्य जीवमा भएको चेतन तत्वलाई जान्नु हो र जिबन/मरणको चक्रबाट छुटकारा पाउनु हो । जिबन/मरणको चक्रबाट छुटकारा पाउनु नै मोक्ष हो ।


यक्ष– जन्मको कारण के हो ?

युधिष्ठिर – अतृप्त वासना, कामना र कर्मफल नै जन्मको कारण हो।


यक्ष– जन्म र मरणको बन्धनबाट को मुक्त छ ?

युधिष्ठिर – जसले स्वयंलाई अर्थात त्यस आत्मालाई जान्यो त्यो जन्म/मरणको बन्धनबाट मुक्त छ ।


यक्ष– वासना र जन्मबीच के सम्बन्ध छ ?

युधिष्ठिर – जस्तो वासना त्यस्तै जन्म। यदि वासना पशु जस्तो छ भने पशु योनिमा जन्म। यदि वासना मनुष्य जस्तो छ भने मनुष्य योनिमा जन्म।


यक्ष– संसारमा दुःख किन छ ?

युधिष्ठिर – लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो ।


यक्ष–त्यसो भए ईश्वरले दुःखको रचना किन गरे ?

युधिष्ठिर – ईश्वरले संसारको रचना गरे भने मनुष्यले आफ्नो विचार र कर्मले दुःख/सुखको रचना गरे ।


यक्ष– ईश्वर के हो ? उसको रुप कस्तो छ ? उ स्त्री हो कि पुरुष?

युधिष्ठिर – हे यक्ष! कारणको बिना कार्य हुन सक्दैन। यो संसार(कारण) नै इश्वरको अस्तित्व (कार्य) को प्रमाण हो । तिमी छौ त्यसैले उनि पनि छन् | त्यस महान कारणलाई नै अध्यात्ममा ईश्वर भनिन्छ। उ न स्त्री हो न पुरुष।


यक्ष– उसको स्वरूप कस्तो छ ?

युधिष्ठिर – इश्वरको स्वरुप सत्(अनादि,कहिल्यै नाश नहुने ) -चित्(पुर्ण ज्ञान भएको) -आनन्द छ , उ निराकार नै सबै रुपमा आफुले आफुलाई नै व्यक्त गर्दछ |


यक्ष– निराकार इश्वरले स्वयं के गर्दछ ?

युधिष्ठिर – ईश्वरले संसारको रचना, पालन र संहार गर्दछ।


यक्ष– यदि ईश्वरले संसारको रचना गरे भने स्वयम् इश्वरको रचना कसले गर्यो ?

युधिष्ठिर – ईश्वर अजन्मा अमृत र अकारण हुनुहुञ्छ |


यक्ष– भाग्य भनेको के हो ?

युधिष्ठिर – हरेक क्रिया, हरेक कार्यको एक परिणाम हुन्छ । परिणाम राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ। यो परिणाम नै भाग्य हो । आजको प्रयत्न भोलिको भाग्य हो ।


यक्ष– सुख र शान्तिको रहस्य के हो ?

युधिष्ठिर – सत्य, सदाचार, प्रेम र क्षमा सुखको कारण हो । असत्य, अनाचार, घृणा र क्रोधको त्याग नै शान्तिको मार्ग हो।


यक्ष– चित्तमाथि नियंत्रण कसरी संभव छ ?

युधिष्ठिर – इच्छा, कामना चित्तमा उद्वेग उत्पन्न गर्दछ, इच्छामाथिको विजय नै चित्तमाथिको पनि विजय हो।


यक्ष– सच्चा प्रेम भनेको के हो?

युधिष्ठिर – स्वयंलाई सबैमा देख्नु नै सच्चा प्रेम हो । स्वयंलाई सर्ब-ब्यापी देख्नु नै सच्चा प्रेम हो। स्वयंलाई सबैको साथमा एक देख्नु नै सच्चा प्रेम हो ।


यक्ष– त्यसो भए मनुष्यले सबैसंग प्रेम किन गर्दैन?

युधिष्ठिर – जसले स्वयंलाई सबैमा देख्दैन त्यसले सबैसंग प्रेम गर्न सक्दैन |


यक्ष– आशक्ति भनेको के हो ?

युधिष्ठिर – प्रेममा हुने माग, अपेक्षा, अधिकार नै आशक्ति हो।


यक्ष– बुद्धिमान को हो?

युधिष्ठिर – जोसंग विवेक(सहि र गलत छुत्याउन सक्नु) छ त्यो नै बुद्दिमान हो ।


यक्ष– नशा भनेको के हो?

युधिष्ठिर – आशक्ति नै नशा हो।


यक्ष– चोर को हो ?

युधिष्ठिर – इन्द्रियको आकर्षण, जो इन्द्रियलाई हर लिन्छन त्यहि नै चोर हो।


यक्ष– जागा रहेर पनि सुतेका को को हुन् ?

युधिष्ठिर – जो आत्मालाई जान्दैनन्, तिनिहरु नै जागा भएर पनि सुतेका सरह हुन्।


यक्ष– कमलको पातमा रहेको जल जस्तै अस्थायी के हो ?

युधिष्ठिर – यौवन, धन र जीवन।


यक्ष– नरक भनेको के हो ?

युधिष्ठिर – इन्द्रियको दासता नै नरक हो।


यक्ष– मुक्ति भनेको के हो ?

युधिष्ठिर – अनाशक्ति नै मुक्ति हो।


यक्ष– दुर्भाग्यको कारण के हो?

युधिष्ठिर – मद र अहंकार।


यक्ष– सौभाग्यको कारण के हो?

युधिष्ठिर – सत्संग र सबै प्रति मैत्रीभाव नै सौभाग्यको कारण हो।


यक्ष– सबै दुःखको नाश कसले गर्न सक्छ?

युधिष्ठिर – जो सब छोड़न तैयार छ उसैले सबै दुखको नाश गर्न सक्छ।


यक्ष– मृत्युपर्यंत यातना कसले दिन्छ?

युधिष्ठिर – गुप्तरूपले गरिएको अपराध।


यक्ष– दिन-रात कुन कुराको विचार गर्नु पर्दछ?

युधिष्ठिर – सांसारिक सुखको क्षण-भंगुरताको बिषयमा।


यक्ष– संसारलाई कसले जित्छ?

युधिष्ठिर – जसमा सत्य र श्रद्धा हुञ्छ।


यक्ष– भयबाट मुक्ति कसरी संभव छ?

युधिष्ठिर – वैराग्यबाट ।


यक्ष– मुक्त के भनेको हो?

युधिष्ठिर – जुन अज्ञानबाट पर छ।


यक्ष– अज्ञान भनेको के हो ?

युधिष्ठिर – आत्मज्ञानको अभाव नै अज्ञान हो ।


यक्ष– दुःखबाट मुक्त को छन् ?

युधिष्ठिर – जो कहिले पनि क्रोध गर्दैन।


यक्ष– त्यो के हो जुन अस्तित्वमा छ पनि छैन पनि ?

युधिष्ठिर – माया।


यक्ष– माया भनेको के हो ?

युधिष्ठिर – नाम र रूपधारी नाशवान जगत नै माया हो।


यक्ष– मनुष्यको साथ कसले दिञ्छ?

युधिष्ठिर– धैर्यले नै मनुष्यको साथ दिञ्छ|


यक्ष– यशलाभको एकमात्र उपाय के हो?

युधिष्ठिर – दान.


यक्ष– हवाभन्दा छिटो के चल्दछ?

युधिष्ठिर – मन.


यक्ष– विदेश जानेवालाको साथी को हो ?

युधिष्ठिर – बिध्या


यक्ष– के त्याग गरेर मनुष्य सबैको प्रिय हुन जान्छन?

युधिष्ठिर – अहम्भावबाट उत्पन्न गर्वको त्यागबाट नै मनुष्य सबैको प्रिय हुन जाञ्छ |


यक्ष– कुन चिज हराउनाले दुख हुदैन?

युधिष्ठिर – क्रोध.


यक्ष– कुन चिज हराउनाले मनुष्य धनि बन्छन?

युधिष्ठिर – लोभ.


यक्ष– ब्राम्हण हुनु कुन कुरामा निर्भर गर्दछ? जन्म, बिध्या, या शीतल स्वभावमा ?

युधिष्ठिर – शीतल स्वभाव.


यक्ष– कुन एकमात्र उपाय छ जसले जिबन सुखी हुन जान्छ ?

युधिष्ठिर – राम्रो स्वभाव नै सुखी हुने उपाए हो |


यक्ष– सर्वोत्तम लाभ के हो ?

युधिष्ठिर – आरोग्य.


यक्ष– धर्मभन्दा ठुलो संसारमा अरु के हो ?

युधिष्ठिर – दया.


यक्ष–कस्ता व्यक्तिहरूसंग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुदैन?

युधिष्ठिर – सज्जनसंग गरिएको मित्रता कहिल्यै पनि पुरानो हुदैन|


यक्ष– यस जगतमा सबैभन्दा ठुलो आश्चर्य के हो ?

युधिष्ठिर – हरेक दिन हजारौ मानिस मर्छन तैपनि सबै सोच्छन कि म त अझै धेरै बाच्छु | यो बुझ्दैन कि त्यो मरेको लाशले पनि म अझै केहि बाच्छु भनेर नै सोचेको थियो, यो भन्दा ठुलो आश्चर्य अरु के हुन सक्ला।


बैठान:-

————————————————————————-

प्रश्नोत्तर सकियो।युद्धिष्ठिरले यक्षको प्रश्नको सही सही उत्तर दिए।परिक्षामा उतिर्ण युधिष्ठिरप्रती यक्ष एकदम खुशी भए।यक्षले युधिष्ठिरलाई वरदान स्वरूप केही माग्न उक्साउछन।युधिष्ठिरलाई चार भाईमा कुनै एक भाईलाई जीवित गरिदिने आश्वसन पनि दिन्छन।युधिष्ठिरले दाँया बाँया नसोची नकुललाई बचाईदिन आग्रह गर्दछन। यक्षले युधिष्ठिरलाई धनुर्धारी अर्जुन र अत्यन्त भयानक भीम नछानेर भीमार्जुनको तुलनामा कमोजोर नकुल नै किन? प्रशन गर्छन।

युधिष्ठिरले आँफूहरूको माता दुई जना रहेको जानकारी गराउँछन।माता कुन्ति र माता माद्री आँफुलाई अत्यन्त प्रिय रहेको र माता कुन्तिको कोख नउजाडिएको किन्तु नकुल र सहदेव मध्ये कुनै एकको जीवन नरहँदा माता माद्रीको कोख उजाडिने बताउँछन।


युधिष्ठिरको माता प्रतिको प्रेमले यक्षराज प्रफुल्लित हुन्छन र आँफू यक्षराज नभई साक्षात काल यमराज रहेको जानकारी गराउँदछन।आफ्नो लोक संयमुनीपरी सवारी हुनु पुर्व यमराजले मृत सबै चार पाण्डवको जीवन बचाउँदछन।

72 views0 comments

Recent Posts

See All

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page