top of page
Search

मुक्तक


श्रृङ्गारमा गाजल टीका सिन्दुर चुरा पठाउने छु भन्छौ

के के माग्छौ माग्नु प्रिया हरेक कुरा पठाउने छु भन्छौ

प्रेम गर्छु तिमीलाई भन तिम्रो लागि जे पनि गर्छु भनेर

ए प्रियतम संसारका खुसी सबै पूरा पठाउने छु भन्छौ



जीवन जगतलाई बुझेर सरल बन्नुपर्छ

झुपडीमा पनि प्रेमको महल बन्नुपर्छ

उदाहरण रहोस् जीवन असल कर्मको,

फूल जस्तो कि सुन्दर कमल बन्नुपर्छ


घरिघरि किन ? प्रिय खबर पठाउछौ

सधैं गर्छु प्रेम भन्दै कदर पठाउछौ

खै कस्तो प्रेम हो ? बुझ्न सक्दिनँ म

प्रेम गर्ने बहानामा मफलर पठाउछौ


केवल तिमी नै हुनेछौ मेरो आँखाको नानीमा पनि

शालीनता सुन्दरता छ तिमीसँग आनीबानीमा पनि

हजारौं भिडमा पनि तिमीसँगै ठोकिँन जान्छ नजर,

आकर्षक छ तिम्रा बिचार हरेक कुराकानीमा पनि



परिश्रम मेहनतले जीवन फुल्न फल्न सक्नुपर्छ

गरेर असल कर्मले नै भाग्यलाई बदल्न सक्नुपर्छ

जस्तोसुकै परिस्थिति दु:खमा धैर्य बन्नुपर्छ साथी

दुनियाँ सामु मुस्कानले दु:ख पनि छल्न सक्नुपर्छ



तिम्रो सम्बन्धमा बाधक बन्न आउने छैन म साथी

तिम्रो लागि भनेर अब बिन्ती धाउने छैन म साथी

तिमीलाई प्रेम गरेको हो त्यसैले तिम्रो खुसी हेर्नुछ

तिम्रो दु:खमा दुख्ने छु कदापि रमाउने छैन म साथी

 
 
 

Comentários


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page