विश्वासघाती
- शब्दास्त्र
- Sep 5, 2022
- 1 min read
आफ्नै आफन्त, इष्टमित्रले
विश्वास घात गरेपछि
एक्लो बनेको उसले
आफैलाई प्रश्न गर्यो
"आखिर विश्वास कसलाई गर्ने ?"
एक्कासी
छायाले भन्यो -
तँ जहाँ गए पनि
जस्तो अवस्थामा भए पनि
कहिल्यै छोड्ने छैन साथ तेरो।
एेनाले भन्यो -
तँ रुँदा सधैँ रोइदिनेछु
तँ हाँस्दा सधैँ हाँसिदिनेछु।
दुवैले जिन्दगीभर साथ दिने वाचा गरे
तर विश्वास लागेन उसलाई दुवैको
किनकि
अन्धकारमा एक्लो बनाउने छाया पनि त थियो
अनि
भित्री मन रुँदा उसको
नक्कली हासो हाँस्ने त्यही एेना थियो।
बुझिसकेको थियो उसले
विश्वासघाती त छाया र एेना पनि हुन् भन्ने।

सुन्दर कविता 😍