top of page
Search

श्रद्धाञ्जली

Updated: Sep 25, 2022

गरिमा पाण्डेय

_______________

शरीरले भौतिक संसार छोड्दै गर्दा

अन्तत: म मरेको देखे

परिवारले, आफन्तले र इष्टमित्रले

पूरै समाजले।


एकाएक गुन्जिए

जीवनभर नसुनेका ती वाणी

मुखार बिन्दुबाट उनीहरूको

"ए! यो नमर्नु पर्ने मान्छे मर्यो बिचरा!"


म मरेको देखे साराले

म जिउँदै छँदा

मेरा सपनाहरूको घाँटी निमोठ्ने तिनैले

दिँदैछन् आज श्रद्धाञ्जली!

 
 
 

1 comentario


Phuldev Mandal
Phuldev Mandal
24 sept 2022

वाह 😍

Me gusta

इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page