सिसा जिन्दगी
- शब्दास्त्र
- Nov 13, 2022
- 1 min read
सिसा हो सिसा जिन्दगी
चट्टान हो चट्टान काल
सिसा चट्टानमा बज्रोस
या
चट्टान सिसामा बज्रोस
चकनाचुर हुने त सिसा नै हो
जतासुकै छन चट्टानहरू
सेकेण्ड सेकेन्डमा
सम्भावना छ बजारिने वा बज्रिने
ए सिसा
चकनाचुर नभए सम्म
सफा पारदर्शी भएर रहेस्
Comments